सान्जेन जलविद्युतले स्थानीय बासिन्दाका लागि आइपीओ खुलाउँदै

काठमाडौं ।  सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुलाउने भएको छ ।

कम्पनीले आगामी भदौ ५ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुलाउन लागेको हो । कम्पनीले स्थानीय बासिन्दाका लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद भदौ १९ गते रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार असोज ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सह बिक्रि प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।

कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं.४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु : १.२.३ (साविक गत्लाङ गा.वि.स) र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुलाई निष्कासन गर्न लागेको हो ।  अति प्रभावित क्षेत्रका बासीलाई ४.३५, प्रभावित क्षेत्रका बासीलाई ३, सामान्य प्रभावित क्षेत्रका बासीलाई १.५ र अन्य जिल्लावासीलाई १ को अनुपातमा सेयर बाँडफाँट हुने कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.