रिचेत जलविद्युतको आईपीओ खुल्दै

काठमाडौं । रिचेत जलविद्युत् कम्पनी लि. ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार दुई सय २३ दशमलव ५७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

कम्पनी ऐन, २०६३ अन्तर्गत २०७० सालमा स्थापना भएको रिचेतको प्रमुख कार्यालय ललितपुर १५, महालक्ष्मीस्थानमा छ । कम्पनीले आईपीओ निष्कासन गर्न एनआईबीएल एस क्यापिटल लि. लाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

jutta mela

सम्झौतापत्रमा रिचेत जलविद्युतका अध्यक्ष अर्जुनप्रसाद पौडेल, सचिव शिशिर खनाल, एनआईबीएल एस क्यापिटल लि.का नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र एनआईबीएल एस क्यापिटल लि.का प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.