काठमाडौं । डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो।
कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ। सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
Comments are closed.