काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि आइपीओ आजदेखि खुला भएको छ । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर भदौ २९ गते बुधबारदेखि निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज १२ गतेसम्म लम्बिनेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।सिक्लेस हाइड्रोपावरलेले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्कासनको लागि अनुमति पाएको थियो ।
यस अघि सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपिओ बिक्रि गरी बाँडफाँड गरिसकेको छ ।हाइड्रोपावरले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरी २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।
Comments are closed.