काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाड भएको छ ।
कम्पनीले आयोजना प्रवावित स्थानीय बासिन्दालाई ६८ लाख १०० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले १ सय अंकित मूल्यमा ६८ लाख १०० कित्ता सेयर असरा १३ गतेबाट निस्कासन गरेको थियो ।
उक्त आइपिओमा आयोजना अतिप्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं १ थुमन, वडा नं २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुुङ र वडा नं ५ र गोसाइकुुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं ३ वृद्धम, वडा नं ४ लाङटाङ, वडा नं ५ स्याफ्रुबशी र वडा नं ६ धुन्चेका स्थानीयले पनि आवेदन दिएको कम्पनीले बताएको छ ।
सेयर बाँडफाँडको नतिजा बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटल तथा सह–बिक्रि प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटले जनाएको छ ।
Comments are closed.