काठमाडौं । सान्जेन हाइड्रोपावर कम्पनी लि.को आईपीओमा मागअनुसारको आवेदन परेको छैन। सान्जेनले गत भदौ ५ गतेदेखि निष्कासन गरेको आईपीओमा मागअनुसारको आवेदन नपरेपछि आवेदन दिने समय थप भएको छ।
अब सान्जेन हाइड्रोपावरको आईपीओ असोज ४ गतेसम्म भर्न सकिने भएको छ । कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्मको समयसीमा राखेर आईपीओ निष्कासन गरेको थियो। सो अवधिमा माग अनुसारको आवेदन नपरेपछि कम्पनीले समय थप गरेको हो ।
कम्पनीका अनुसार बिहीबारसम्म ८ हजार तीन सय ६८ आवेदकले १४ लाख ८४ हजार ३० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले निष्कासन गरेको सेयरको ४०.६५ प्रतिशत मात्र हो।
बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र यसको सह-निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल तथा एनएमबी क्यापिटलले गरिरहेका छन्।
Comments are closed.