इस्टर्न हाइड्रोपावरको आइपिओ बाँडफाँट

काठमाडौं ।  इस्टर्न हाइड्रोपावर कम्पनीको आइपिओ आइतबार बाँडफाँट भएको छ ।

कम्पनिले ओजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर गत भदौ ७ देखि २८ गतेसम्मका लागि आइपिओ खुलाएको थियो ।

उक्त ६ लाख २० हजार कित्ता सेयर विक्री खुला गरिएकोमा जम्मा ५ लाख ६९ हजार ६९० कित्ता सेयरका लागि आवेदन परेको थियो । यो जारी आइपिओ भन्दा ५० हजार ३१० कित्ता कम आवेदन हो ।

बाँकी ५० हजार ३१० कित्ता सेयरमा आवेदन नपरेपछि कम्पनीले सर्वसाधरणहरुको लागि आइपिओ खुला गर्ने जनाएको छ । अब सर्वसाधारणहरुका लागि आपिओ विक्रीखुला गर्दा थप गरी खुला गर्ने स्रोतले जनाएको छ ।

You might also like

Comments are closed.