एसियन हाइड्रोपावरको आईपीओ खुल्दै

 

काठमाडौं । एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र इलामका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री गर्न लागेको हो।

jutta mela

स्थानीय बासिन्दाले छिटोमा पुस १२ गते र ढिलोको पुस २७ गतेसम्म निवेदन दिइसक्नुपर्ने छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

You might also like

Comments are closed.