माया खोला हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि खुल्दै

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मंसिर शुक्रबारदेखि खुल्दैछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शुक्रबारदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीको आईपीओमा स्थानीयहरुले छिटोमा पुस ८ गतेसम्म र ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाली श्रमिकले भने पुस ८ गतेसम्म मात्र आवेदन दिन पाउने छन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई राखिएको छ ।

You might also like

Comments are closed.