विद्यत् खरिद बिक्री सम्झौता खुला गर्ने निर्णयको इप्पानले गर्‍यो स्वागत

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्यत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।

विद्युत् प्राधिकरणको माघ २६ गते बसेको संचालक समितिको बैठकले १५ सय मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको विद्यत् खरिद बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको थियो । नेपाल इप्पानले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णले समग्र ऊर्जा क्षेत्रमा ठूलो राहत सहसुस गरेको बताउँदै ऊर्जा क्षेत्र उत्साहित भएको जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरु अप्ठ्यारोमा परेको समयमा सरकारले अभिभावकत्व प्रदान गर्छ भन्ने सन्देश प्रवाह भएको जनाएको छ ।

साथै स्वीकृत सीमाभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको पीपीएको प्रारुप तय गर्न मन्त्रालयका सहसचिव संजीवकुमार देवको संयोजकत्वमा समिति गठन गरेको कुराले समेत इप्पानलाई थप उत्साहित बनाएको अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

jutta mela

उक्त समितिले आगामी दिनहरुमा बाँकी रहेका पीपीए पनि क्रमशः खुला गर्दै जाने वातावरणको सिर्जना गर्नेमा आफूहरु आशावादी रहेको बताउँदै ऊर्जा क्षेत्रका अन्य समस्याहरुको समाधानका लागि पनि सरकारको अभिभावकीय भूमिका रहनेमा इप्पान विश्वस्त उपाध्यक्ष मोहनकुमार डाँगीले बताए ।

त्यस्तै, इप्पानले नेपाल विद्युत् प्राधिकरणले सौर्य विद्युत्का लागि बोलकबोलको अधिकतमदर ५.९४ रुपैयाँ खरिद दर निर्धारण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । यो दर समय सापेक्षित नभएको र यसले सौर्य आयोजनाहरु निर्माण गर्न नसकिने बताउँदै यसको पुनरावलोकन गर्न इप्पानले सरकारसँग आग्रह गरेको छ ।

You might also like

Comments are closed.