काठमाडौं । नेपालको इन्टरनेशनल रिलेसन एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ ।
आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेने बीच द्धिपक्षीय छलफल भएको हो ।
स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवर्द्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कुटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान र थप विषयमा कुराकानी गरेका हुन् ।
सो अवसर डा. ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकाल सहभागी थिए ।आईआरजीडीडी नेपालमा रहेको एक स्वतन्त्र, गैरपक्षीय र गैरनाफामुखी थिंक ट्याङ्क हो । यो संस्था बृहत् रुपमा विश्वव्यापी मामिलाको विश्लेषण र रणनीतिक सल्लाहमार्फत नवप्रवर्तनलाई बढावा दिन समर्पित रहेको छ । यसले सरोकारवालालाई सशक्त बनाउन मद्दत गर्दछ ।
साथै, आईआरजीडीडीले विविध विशेषज्ञता, वास्तविक विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिला अन्तर्दृष्टि, कठोर वैज्ञानिक अनुसन्धान र प्रभावकारी रणनीतिक व्यवस्थापनलाई प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रुपमा काम गर्दछ । स्पेनी चेम्बर अफ कमर्स स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हितको प्रतिनिधित्व, प्रवद्र्धन र रक्षा गर्ने सार्वजनिक (सरकारी) संस्था हो ।
यसले स्पेनभित्र र अन्तर्राष्ट्रिय रूपमा चेम्बर अफ कमर्सको नेटवर्कको समन्वय र प्रतिनिधित्व पनि गर्दछ । सो संस्थाले स्पेन र विदेशमा व्यवसायबीच सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ ।
Comments are closed.