बूढानीलकण्ठमा आइसोलेशन

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखाको बिएमसिए स्कूलमा २५ शय्याको आइसोलेशन सञ्चालनमा आएको छ ।

सो स्कूलमा कोभिडको प्रथम लहरमा पनि आइसोलेशन सञ्चालन गरिएको थियो ।

बूढानीलकण्ठ– १० स्थित डिठ्ठाचौर, बालुवाखानी (निर्माणाधीन नगर अस्पताल परिसर) मा पनि १५ शय्याको आइसोलेशन सञ्चालन गरिँदै छ ।

आइतबारदेखि सञ्चालनमा आउने वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

You might also like

Comments are closed.