नेपाली बजारमा लोकप्रिय बन्दै ‘डेल एआई पिसि’

सुभाष मानन्धर
प्रमुख कार्यकारी अधिकृत, आइटी ग्लोबल प्रा.लि.

आइटी ग्लोबल प्रालिले नेपाली बजारमा डेल ब्राण्डका ल्यापटप, डेस्कटप, र इन्टरप्राइज प्रडक्ट (सर्भर, स्टोरेज, र नेटवर्किङ) को आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ । हामी नेपालका लागि डेलको आधिकारिक कर्पोरेट वितरक हौं । ल्यापटप, डेस्कटप मात्र नभई इन्टरप्राइज प्रडक्टहरू पनि नेपाल भित्र्याउने र वितरण गर्ने काम गर्दै आएका छौं । कर्पोरेट तथा इन्टरप्राइज क्षेत्रमा हामी शीर्ष वितरक बन्न सफल भएका छौं ।

विभिन्न च्यानल र रिसेलर नेटवर्कमार्फत डेल ब्राण्ड र सर्भरलाई देशभर बिक्री वितरण भइरहेको छ । नेपालमा इन्टरप्राइज स्तरमा कार्य गर्न प्रमुख वितरकहरू र सिस्टम इन्टेग्रेटरलाई इन्टरप्राइज प्रडक्टहरू वितरणका लागि सक्रिय छौं । प्रविधिको भविष्य एआई (आर्टिफिसियल इन्टेलिजेन्स) तर्फ गइरहेको छ । दैनिक कार्यहरूमा समेत एआईको प्रयोग व्यापक बन्दै गएको छ । उदाहरणका लागि, डेलले हालै लन्च गरेका १४औं जेनेरेसनका ल्यापटपहरू सबै एआई–सक्षम छन् । यी उपकरणहरूमा परम्परागत सीपीयू मात्र नभई न्युरल प्रोसेसिङ युनिट (एनपियु) पनि छन्, जसले एआई आधारित कार्यहरूमा अझ प्रभावकारी प्रदर्शन गर्न सहयोग पु¥याउँछ ।

हामीले ग्राहकको माग अनुसारको प्रडक्ट बजारमा बिक्री वितरण गर्न सफल छौं । सरकारी निकाय, बैंक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका लागि उच्च कार्य सम्पन्न डेलका उत्पादनहरू उपलब्ध गराउँदै आएका छौं । व्यावसायिक क्षेत्रका लागि हाम्रो फोकस कर्पोरेट सेग्मेन्टमै केन्द्रित छ । प्रोफेसिओनल कार्य गर्न तथा अन्य व्यावसायिक समूहहरूले डेलको व्यावसायिक सिरिज (ल्याटिच्युड) लाई नै प्राथमिकता दिनुहुन्छ ।

नेपाल सरकारले व्यवसायहरूलाई डिजिटल प्रणालीमा जान प्रोत्साहित गरिरहेको छ । तर, धेरै व्यवसायसँग दक्ष जनशक्तिको कमी छ । यस्तो अवस्थामा कुनै सिस्टम सफ्टवेयर भेन्डर वा एएमसी (एन्युअल मेन्टेनेन्स कन्ट्रयाक्ट) भेन्डरको आवश्यकता पर्छ । सर्भर तथा अन्य प्रविधि खरिद गर्दा त्यसको विशेषताहरूलाई प्राथमिकता दिनु अत्यन्तै आवश्यक छ । सर्भर किन्नु भनेको सामान्य ल्यापटप वा डेस्कटप किन्नु जस्तै होइन । यसमा हुने अन्य सुविधाहरू जस्तैः रिमोट म्यानेजमेन्ट, सेक्युरिटी, र मोनिटरिङ तथा अन्य व्यवस्थापन क्षमताहरू हेर्नुपर्छ ।

हामीले नेपालमा भित्र्याउने सर्भरहरू इन्टरप्राइज स्तरका सुविधाहरू हुन्छन् । डेल सर्भरहरू ऊर्जा दक्षतामा उच्च छन्, जसले सञ्चालन खर्च घटाउँछ र वातावरणमैत्री बनाउँछ । डेल सर्भरहरूमा उन्नत सुरक्षा सुविधाहरू छन्, जसले साइबर आक्रमणहरूबाट सुरक्षा प्रदान गर्छ । यसमा सुरक्षित बूट, सिलिकन–आधारित हार्डवेयर ट्रस्ट, र इन्क्रिप्सन जस्ता सुविधाहरू समावेश छन् । डेलका सर्भरहरु एआई र उच्च प्रदर्शन कम्प्युटिङ (एचपिसि) को लागि विशेष रूपमा डिजाइन गरिएका छन् । डेल सर्भर एआई आधारित कार्य गर्न नेपालमा विभिन्न संस्थाको रोजाइमा पर्दै आइरहेको छ ।

नेपाली प्रविधि बजार तीव्र रूपमा डिजिटल ट्रान्सफर्मेसनको दिशामा अघि बढिरहेको छ । एआई, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी र डिजिटल इनोभेसनले आउँदो दिनमा झन् ठूलो प्रभाव पार्नेछ । हामी आइटी ग्लोबल प्रालि, नेपाली बजारलाई प्रविधिमा अगाडि बढाउन निरन्तर लागिरहेका छौं ।

You might also like

Comments are closed.