रुकुम पश्चिममा आयुर्वेद सेवा लिने बढे

रुकुम । रुकुम पश्चिममा आयुर्वेद सेवा लिनेहरुको सङ्ख्या बढ्दै गएको छ। जिल्लामा बर्सेनि आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउनेहरुको सङ्ख्या बढ्दै गएकाले गत आर्थिक वर्षमा साढे १३ हजारले सेवा लिएका थिए ।

वर्षभरिमा गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक सेवा, योग सेवा र क्षार सूत्र गरी सात हजार ७७ महिला र छ हजार पाँच सय ७७ पुरुष गरी जम्मा तेह्र हजार छ सय ३४ जनाले सेवा लिएको केन्द्रका चिकित्सक मानबहादुर ओलीले जानकारी दिए। सबै सेवाहरु निःशुल्क रुपमा प्रवाह भइरहेका छन् ।

जाँच, औषधि वितरण, ज्येष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधि तथा पोषिला खानेकुरा, पञ्चकर्मद्वारा विभिन्न समस्याको उपचारसहित ल्याब सेवा पनि केन्द्रबाट प्रवाह भइरहेको जानकारी दिँदै उनले जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकहरुको आकर्षण बढ्दै गएको बताए।

jutta mela

निःशुल्क र भरपर्दो देखिएपछि आफूहरु आएको सेवा लिन आउनेहरुले बताउने गरेको चिकित्सक ओलीले जानकारी दिए। स्थानीय तहहरुमा पनि आयुर्वेद सेवा पुग्नु र बेलाबेलामा ठाउँठाउँमा शिविर सञ्चालन गर्नाले पनि सेवा लिनेहरुको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ ।

आयुर्वेद सेवा केन्द्र मुसिकोट–१ खलङ्गाको कालिकास्थानबाट सञ्चालनमा छ भने जिल्लाका चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नागरिक आरोग्य केन्द्रका नाममा आयुर्वेद सेवा प्रवाह भइरहेको छ। त्यस्तै मुसिकोट नगरपालिका–५ शेरिगाउँमा आयुर्वेद औषाधालय सञ्चालनमा रहेको छ ।

You might also like

Comments are closed.