काठमाडौं । नेपालका लागि जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले प्रिमियम एसयूभी ‘जेइको जे फाइभ’ सार्वजनिक गरेको छ ।
बुधबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवसर पारेर एसयूभी ‘जेइको जे फाइभ’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे फाइभले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको लाइनअप ल्याएको छ ।
शहरी सडकदेखि अफरोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे फाइभले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको छ । रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट–इन–क्लास विशेषताले नेपाली उपभोक्तालाई लागि अति उपयोगी हुनेछ ।
नाइमा एक्स्पो विशेष अफरअन्तर्गत जेइको जे फाइभको मूल्य रु ६० लाख ९९ हजार तोकिएको छ । ग्राहकले भने हाल ५६ लाख ९९ हजारमा बुकिङ गर्न सक्ने कम्पनीको भनाइ छ । ओमोडा र जेइकोका अन्य मोडलमा समेत कम्पनीले विशेष मूल्य उपलब्ध गराएको छ ।
पहिले रु ६१ लाख ९९ हजारमा उपलब्ध ओमोडा ई फाइभ नाइमा विशेष मूल्यको रुपमा रु ५४ लाख ९९ हजारमा उपलब्ध हुनेछ ।
त्यसैगरी जेइको जे सिक्स पहिले रु ६९ लाख ९९ हजारमा उपलब्ध भएकोमा नाइमा विशेष मूल्यको रुपमा रु ६५ लाख ९९ हजारमै उपलब्ध हुने जनाइएको छ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा ओमोडा वा जेइकोका कुनै पनि मोडल बुक गर्ने ग्राहकलाई छुटसहितको विशेष अफर रहेको छ ।
Comments are closed.