उद्यमी जगत पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि

काठमाडौं । उद्यमी जगत पोखरेलले मानार्थ विद्यावारिधी (अनरी डक्टरेट)को उपाधि प्राप्त गरेका छन् ।

हिसेन इन्टरनेशनल युनिभर्सिटी जर्मनीबाट उनले मानार्थ विद्यावारिधी प्राप्त गरेका हुन् । जर्मनीस्थित युनिभर्सिटीको दीक्षान्त समारोहमा उनले उपाधि ग्रहण गरेका हुन् ।

भिजन लुम्बिनी प्रालिका अध्यक्ष पोखरेलले नेपालमा ऊर्जा, बैंकिङ, लघुवित्त, शिक्षा, लघु बिमा लगायतका क्षेत्रमा लगानी गरेका छन् । सामुहिक लगानीको क्षेत्रमा पोखरेलले अग्रणी पहिचान बनाउन सफल भएका छन् ।

You might also like

Comments are closed.