‘भ्यालेन्टाइन डे’ को अवसरमा टिभिएसले ल्यायो “टिभिएस लभ एक्सप्रेस” योजना

काठमाडौं । टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डे को अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा “टिभिएस लभ एक्सप्रेस” योजना ल्याएको छ ।

यस योजनाको थिम “एक्सप्रेस द पावर अफ लभ” रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको स्योरशट नगद छुट पाउनेछन् ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

jutta mela

टिभिएस एन्टर्क रेस एक्सपी नेपालको पहिलो र एक मात्र १२५ सिसिको स्कुटर हो, जसमा भएको बिएस ६ र आरटि/एफआइ इन्जिनले एक्स्ट्रा माइलेज दिन्छ । यस स्कुटरले १० बिएचपी भन्दा बढीको पावर जेनेरेट गर्छ । यो स्कुटरमा एक्सपी आर्थात एक्स्ट्रा पावरका कारण राइड गर्दा पहिलेको भन्दा अझै पावरफुल भएको अनुभव हुन्छ ।

यसमा भएको राइड मोड (स्ट्रिट/रेस) चेन्ज अप्सनले गर्दा आफुलाई चाहेअनुसारले सजिलै स्कुटरको पर्फर्मेन्स चेन्ज गर्न सकिन्छ । साथै यसमा भएको ब्लुटुथ कनेक्टिभटी र भोइस असिस्टले गर्दा आफ्नो स्कुटरलाई सजिलै आफुले चाहे जसरी कन्ट्रोल गर्न पनि सकिन्छ । यसमा रहेका आकर्षक कलर अप्सनले गर्दा झनै मन लोभ्याउने गर्छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले जम्मा ३ हजार ९ सय ९९, २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २४ गतेदेखि फाल्गुन १६ गतेसम्म लागु हुनेछ ।

You might also like

Comments are closed.