पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को दोस्रो साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा आइतबार साधारणसभा भएको हो ।
दोस्रो साधारणसभाले अर्जुन कुमार श्रेष्ठ, वीरबहादुर अधिकारी, गीता कुमारी योगी गिरी तथा शुषमा गौतमलाई संचालक समितिको सदस्यमा सर्वसम्मत चयन गरेको छ । ५ लाख २२ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागी निश्कासन गर्ने प्रस्ताव सर्वसहमतीले पारित गरेको छ । मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पुँजी रु २५ करोड । जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैयाँ छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/२०८२ को अन्तसम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १ लाख ९५ हजार जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ । संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।
संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अशोक कुमार आर्चायले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बिमला योगीले उपस्थित शेयर सदस्यहरुलाई स्वागत गरेकी थिइन् ।
अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदनलाई साधारणसभाले पारित गरेको छ । पोखरा कास्कीमा केन्द्रीय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्था लि. तथा दाङ जिल्लामा केन्द्रीय कार्यालय रहेको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. एक आपसमा मर्ज भई २०७७ मंसीर १६ गतेबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेको थियो । हाल वित्तीय संस्थाले बागमती, गण्डकी, लुम्बनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा रहेका ७४ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ । संस्थामा ८४ हजार सदस्यहरुबाट २ अर्ब ६ करोड बचत संकलन गरी ३ अर्ब ८४ करोड लगानी गर्न सफल भएको छ ।
Comments are closed.