जाल्पा सामुदायिक लघुवित्तले पहिलोपटक लाभांश वितरण गर्दै

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट आ. बर्ष २०७५ सालदेखि नै स्वीकृत लिएर लघुवित्तले पहिलो पटक ३ बर्षको लाभांश वितरण गर्न लागेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषण गरेको हो । कम्मनीको कार्तिक १९ गते शनिबार बसेको सञ्चालक समितिको बैंठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति भई आगामी चौथो बार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । हाल लघुवित्तको चुक्ता पूँजी १६करोड रुपैयाँ रहेको छ । ७३ प्रतिशतका दरले ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

You might also like

Comments are closed.