जनएकता सहकारीको अध्यक्षमा करुणाकुमार श्रेष्ठ

जनएकता बचत तथा ऋण सहकारी १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । अध्यक्षमा करुणाकुमार श्रेष्ठ, उपाध्यक्ष सुनिल पाण्डे, सचिव मुक्तिप्रसाद पनेरु र कोषाध्यक्ष हरिशरण श्रेष्ठ छन् ।

४ वर्षे कार्यकालका लागि सदस्यमा बलिराम चौधरी, सुशीला प्रधानांग, निरोज मैनाली, रचना श्रेष्ठ, मिस्टरराज वन्त, कुलचन्द्र शर्मा र दीपक पहारी छन् । सहकारीको लेखा समिति संयोजकमा मनबहादुर थापा र सदस्यद्वय ज्योति शेरचन र बमबहादुर छन्त्याल छन् ।

अधिवेशनबाट हरिशरण श्रेष्ठ ऋण लगानी उपसमिति संयोजक र रामकाजी गुरुङ र मिस्टरराज वन्त सदस्य निर्वाचित भएका छन् । नीलप्रसाद श्रेष्ठ संयोजक रहेको निर्वाचन मण्डलको सहजिकरणमा सर्वसम्मत समिति चुनिएको हो ।

You might also like

Comments are closed.