टोकियो । जापानको कुल जनसंख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्यांकले देखाएको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ। यो सङ्ख्या एक वर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो।
सन् २०२१ मा जनसङ्ख्या ०.६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो।पछिल्लो गणनामा ६५ वर्ष वा सोभन्दा माथिका तीन करोड ६२ लाख १० हजार जनसङ्ख्या रहेको छ। यो कूल जनसङ्ख्याको २९ प्रतिशत हो।
तथ्यांकले १५ वर्षमुनिका बालबालिकाको औसत जनसङ्ख्या एक करोड ४४ लाख ५० हजार पुगेको छ। यो कूल जनसङ्ख्याको ११.६ प्रतिशत हो।
घट्दो जन्मदर र वृद्ध वृद्धाको जनसङ्ख्या, घट्दो श्रम शक्ति र चिकित्सा तथा सामाजिक सुरक्षा प्रणालीमा ठूलो आर्थिक भारले जापानका लागि चुनौतीबनिरहेको छ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी हप्ता संसद्को नियमित सत्रको उद्घाटनमा आफ्नो भाषणमा जापानको घट्दो जन्मदरसँग जुध्ने नीतिका लागि कोष सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ।
नयाँ वर्षको सुरूमा गरिएको पत्रकार सम्मेलनमा किशिदाले यस वर्ष बालबालिकासँग सम्बन्धित नीतिहरूमा ध्यान केन्द्रित गर्ने वाचा र ‘अभूतपूर्व’ कदमहरू मार्फत जन्मदर बढाउने बताएका थिए। रासस सिन्ह्वा
Comments are closed.