काठमाडौं । जस्मिन पेन्ट्सले बिगतका बर्षमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना– २०८२ सञ्चालनमा ल्याएको छ ।
आउँदै गरेका चाडपर्वमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते आगामी कात्तिक ३० गते सम्मकालागि ग्राहक लक्षित सो योजना लागु गरेको हो ।
यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् । विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ ।
यस उपहार योजनामार्फत १ हजार ८२ जना ग्राहकले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट, १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर, १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्तेघडी प्राप्त गर्न सकिनेछ ।
यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रुपमा ‘नेपाली मनको रङ’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पु¥याइरहेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय रङहरु उत्पादन गर्दै आइरहेको यस कम्पनी घर रङरोगनको लागि नेपालि पेन्ट्समध्ये ग्राहकको पहिलो रोजाईमा पर्दै आइरहेको छ ।
Comments are closed.