कर्णाली प्रदेश क्षेत्रकै ठूलो ‘सुर्खेत डेरी उद्योग’बाट किसानहरु लाभान्वित

जयकृष्ण सापकोटा, सञ्चालक, सुर्खेत डेरी उद्योग प्रा.लि.

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको सुर्खेत डेरी उद्योग प्रा.लि. कर्णाली प्रदेश क्षेत्रकै ठूलो डेरी उद्योग हो । डेरीले आसपासका क्षेत्रबाट दूध संकलन गरी प्रशोधन गरेर बजारीकरण गर्दै आइरहेको छ ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा उद्योग रहेको डेरीले सल्यान, दैलेख, सुर्खेत र बर्दियाका किसानका उत्पादित दूध संकलन गर्दै आइरहेको छ । निकट भविष्य अन्य जिल्लाबाट पनि दूध संकलन गर्ने तयारी भइरहेको डेरीका सञ्चालक जयकृष्ण सापकोटाले बताए ।

डेरीले रारा ब्राण्डमा दूध, दही, पनिर आइसक्रियम लगायतका दुग्धजन्य उत्पादन तथा प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको छ । यी उत्पादनहरु सुर्खेत, नेपालगञ्ज लगायतका क्षेत्रमा लोकप्रिय ब्राण्डका रुपमा स्थापित भएको सापकोटा बताउँछन् ।

jutta mela

‘हामीले गुणस्तरीय उत्पादन बजारमा पठाउन सफल भएका छौं,’ उनले भने, ‘हाम्रो उत्पादन ग्राहकको रोजाईमा पर्दै आइरहेको छ ।’

दैनिक २० हजार लिटर दूध प्रशोधनको क्षमता रहेको उद्योगले अहिले दैनिक ५ हजार भन्दा बढी लिटर दूध प्रशोधन गरी बजारीकरण गर्दै आइरहेको छ ।

सुर्खेतमा डेरी स्थापना भएपछि आसपासका किसान तथा उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् । ‘किसानबाट उत्पादित दूधको बजारको सुनिश्चिता भएको छ,’ सापकोटाले भने ।

उद्योगले ७ ठाउँमा आफ्नै दूध संकलन र चिस्यान केन्द्रसमेत स्थापना गरिसकेको छ । उक्त कार्यलाई अझै विस्तार गर्ने उद्योगको लक्ष्य छ ।

उद्योगले त्यहाँका गाउँपालिका, नगरपालिकाका प्रमुख लगायत सरोकारावालहरुलाई दूध उत्पादन बढाउने कार्यक्रममा सहकार्य गर्ने सापकोटोले जानकारी दिए ।

You might also like

Comments are closed.