पोखरा लेडी जेसीजद्वारा ‘खाद्यवस्तु एवं अति आवश्यक सामग्री बितरण’ कार्यक्रम

पोखरा लेडी जेसीजद्वारा आयोजित जेसीज सप्ताहको पाचौं दिन ‘खाद्यवस्तु एवं अति आवश्यक सामग्री बितरण’ कार्यक्रम सम्पन्न भएको छ । पोखरा–२० भलाम आधारभूत विद्यालयमा कार्यक्रम भएको हो । पोखरा लेडी जेसीज वर्ष २०२१ का अध्यक्ष कमला शर्मा कँडेल (बिनिता)को अध्यक्षतामा तथा पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष सिम बाहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा भलाम आधारभूत विद्यालयका प्राचार्य कुल प्रसाद पौडेल, व्यवस्थापन समिमिका सदस्य राममी खत्री, एवाकस मेन्टल म्याथका डाइरेक्टर उपेन्द्र अधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रम संयोजक तथा पोखरा लेडी जेसीजका का. का. उपाध्यक्ष लक्ष्मी कुँवरले सात दिनको कार्यक्रमका बारेमा प्रकाश पारेकी थिइन् भने कार्यक्रममा संयोजक शुभद्रा बरालले स्वागत मन्तव्य राखेकी थिइन् ।

जेसिज आस्था पाठ सरस्वती थापा क्षेत्रीले गरेकी थिइन् । कार्यक्रममा भलाम आधारभूत विद्यालय परिसरमा विभिन्न फलफुलका बोटबिरुबाहरु समेत रोपिएको थियो । कार्यक्रम संचालन पोखरा लेडि जेसिजका सचिव सुमित्रा कोइरालाले गरेकी थिइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.