काठमाडौं । नेपाल जेसिजले पहिलो पटक दक्षिण एसियाली युवा नेताहरुको ऐतिहासिक जमघट कार्यक्रमको आयोजना गरेको छ ।
यहीँ जुलाई ३१ देखि अगस्ट ३ सम्म ‘South asian academy for international leadership’ नामक दक्षिण एसियाली युवा नेताहरुको भेला आयोजना गरी कार्यक्रम गर्न लागिएको छ ।
काठमाडौंको Aloft kathamandu thamel hotel मा आयोजना हुने कार्यक्रममा दक्षिण एसियाली देशहरु नेपाल, भारत, बंगलादेश र श्रीलङ्काका युवा नेताहरुबीच नेतृत्व क्ष्मता अभिबृद्धि, क्षेत्रीय सहकार्य र अन्तरसंस्कृतिक समझदारीलाई बलियो बनाउने उद्धेश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम निर्देशक जेसिआईका सिनेटर प्रज्ञाराज भण्डारीले जानकारी दिए ।
यो कार्यक्रम नेपाली युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसर हुने जेसिआईकी राष्ट्रिय अध्यक्ष रजनी थापाले बताइन् । यसले नेपाललाई अन्तर्राष्ट्रिय युवा नेतृत्वको केन्द्रका रुपमा चिनाउने उनी बताउँछिन् ।
नेतृत्व विकास सत्रहरु, उद्यमशीलता र परियोजना व्यवस्थापन सम्बन्धी कार्यशालाहरु, अन्तरसंस्कृतिक आदानप्रदान, संस्कृति र पहिचानको सम्मान, विश्व सम्पदास्थलहरुको भ्रमण तथा पर्यटन प्रवद्र्धन नै कार्यक्रमको मुख्य आकर्षण केन्द्रका रुपमा रहेको छ ।
Comments are closed.