काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७९/ ८० को पहिलो त्रैमासिक समीक्षा गोष्ठी तथा सदस्य केन्द्रीत सेवा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
यही मंसिर २१ देखि २३ गतेसम्म भएको कार्यक्रममा पहिलो त्रैयमासको प्रगतीको समीक्षा गर्नुका साथै सदस्य केन्द्रीत सेवाको रणनीति समेत तयार गरिएको थियो ।
वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत एवं प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा आ.व. २०७८/७९ मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।








Comments are closed.