राजस्व अनुसन्धान विभाग महानिर्देशकमा झलकराम अधिकारी

काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् ।

यस अगाडि सहकारी विभागमा कार्यरत अधिकारीलाई सरकारले नयाँ जिम्मेवारी प्रदान  गरेको हो ।

कुशल प्रशासकको छवि बनाएका अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख, सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव भएर काम गरिसकेका छन् ।

You might also like

Comments are closed.