आठौं वृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी-२०७९ फागुन ३ देखि

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघले आठौं वृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ आयोजना गर्ने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन ३ देखि ९ गतेसम्म प्रदर्शनीको आयोजना गर्ने जानकारी गराएको छ।

भृकुटी मण्डपस्थित प्रदर्शनीमार्गमा आयोजना हुने मेलाको प्रायोजकमा सगुन शुज, सक्सेस शुज, मध्यपुर जत्ता शुज रहेका छन् भने सह–प्रायोजकमा सिटीजन फुटवेयर, पारागन फुटवेयर, कम्फर्ट शुज र पारामनरहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष हरिराम बोगटीले प्रदर्शनमा शुद्ध छालाका नेपाली कालिगडले उत्पादन गरेका जुत्ताहरु प्रदर्शनी हुने बताएका छन् । प्रदर्शनमा ३० वटा साना लघु उद्यमीहरुका स्टल रहने जानकारी दिए । प्रदर्शनीबाट करिब १ करोडको कारोबार हुने संघको अपेक्षा छ ।

jutta mela

उक्त मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा हुनेछ । उद्घाटन समारोहमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिती रहनेछ ।

नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानिक रुपले आधुनिकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत परिचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमुल परिवर्तन ल्याउने, आम नेपाली उपभोक्तालाई नेपाली उत्पादनमा आत्म निर्भर गराउने लक्ष्यसहित मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामागुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरिएका जेन्स, लेडीज, बालबालिकाका जुत्ताहरुलगायत अल्लो तथा हेम्पद्वारा निर्मित वस्तुहरु पनि प्रर्दशन तथा बिक्री वितरण गरिने अध्यक्ष बोगटीले बताए । मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्राउने संघको लक्ष्य छ ।

मेलामा अपाङ्गगता भएका व्यक्तिहरुका लागि विषेश किसिमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ । साथै मेलामा बिक्री वितरण गरिने जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशतसम्मको छुट प्रदान गरिने भएको छ ।

मेला स्टक क्लियरेन्स सेल मेला नभई विशुद्ध गुणस्तरीय वस्तुहरुको प्रर्दशन भएकोले सहभागी उपभोत्ताहरुले आफुले तिरेको मुल्यको पुर्ण सन्तुष्टी पाउने अध्यक्ष बोगटीले बताए ।

You might also like

Comments are closed.