काठमाडौं । काइयी मोटर्स नेपालका आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले वातावरणमैत्री र उत्साहजनक ग्राहक कार्यक्रम ‘ग्रीन व्हील्स टु मार्बल हिल्स’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
काइयीका इलेक्ट्रिक मोडेलहरू–काइयी X३ प्रो, ई–क्युट ०२ र ई–क्युट ०४ प्रयोग गरी काठमाडौंको थापाथलीबाट सुरु भएको ¥याली गोदावरी हुँदै मार्बल हिल्ससम्मको पदयात्रामा परिणत भएको थियो । कार्यक्रममा ८० भन्दा बढी सहभागी ग्राहकले सहभागिता जनाएका थिए । कार्यक्रमले दिगो यातायात र वातावरणीय उत्तरदायित्वको महत्वलाई उजागर गरेको कम्पनीले दाबी गरेको छ ।
कार्यक्रमको प्रमुख आकर्षण रुख रोप्ने अभियान रहेको थियो । सहभागीले ७० भन्दा बढी रुख रोपेका छन् । कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पु¥याउनुका साथै स्थानीय वातावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
Comments are closed.