काठमाडौं । जी.ओ.अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई–मोबिलिटी, केई नेपालका आधिकारिक आयातकर्ताले केई ग्राहक भेटघाट तथा र्याली आयोजना गरेका छन् ।
कार्यक्रममा केई प्रयोगकर्ताले थापाथलीबाट क्लब हिमालय, नगरकोटसम्मको रमाइलो यात्रा गरेका छन् । ग्राहकबीचको सम्बन्ध अझ मजबुत बनाउनु र वातावरणमैत्री यात्रा प्रवद्र्धन गर्नु कार्यक्रमको उद्धेश्य रहेको छ । सहभागीले ड्राइभसँगै प्रकृतिसँग रमाउँदै रमाइला खेल र समूहगत क्रियाकलापको अनुभव लिएका छन् ।
सहभागीलाई स्वागत कार्यक्रम, अन्तर्क्रिया र भेटघाटको अवसर प्रदान गरिएको छ । सीपीआर सम्बन्धी सचेतना र तालिम सत्र नै कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो ।
स्वास्थ्यकर्मीले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा जानकारी गराएका हुन् । र्यालीमा ५६ वटा केई गाडी, मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरसहित १९३ जना सहभागी थिए ।
सबैको निरन्तर साथ र विश्वासले केईले आगामी दिनमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना रहेको जनाएको छ ।




Comments are closed.