भरतपुरमा खुल्यो कजारियाको नयाँ सोरुम

भरतपुर । कजारियाले चितवनको भरतपुरमा नयाँ सोरुम शुभारम्भ गरेको छ । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पुरा गर्ने लक्ष्यसहित भरतपुरको विकासचोकमा नयाँ सोरुम सञ्चालन गरेको हो ।

प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उद्घाटन गर्दै यसले ग्राहकलाई सामान उपभोगमा धेरै सहज बनाउने बताए । साथै उनले व्यवसाय विस्तार र सफलताको कामना गरेका छन् ।

कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले भरतपुर कजारियाका लागि महत्त्वपूर्ण बजार रहेकाले हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसमक्ष पुर्याउन मद्धत गर्ने बताए । आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीलाई टिकाउ र राम्रो गुणस्तरका उत्पादन उपलब्ध गराउने उद्धेश्य रहेको उनी बताउँछन् ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।

यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मुल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य छ । यस प्लान्टले स्थानीय अर्थतन्त्रलाई बढावा, हजारौंलाई रोजगारीको अवसर, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउने, वृद्धि र विकासलाई बढावा दिनेछ ।

 

You might also like

Comments are closed.