गैंडाकोट । कजारियाले गैंडाकोटमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उद्घाटन गर्दै व्यवसायीक सफलताको शुभकामना दिएका छन् । कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि विकाश गौतमले यस सेवाबाट ग्राहक लाभान्वित हुने बताएका छन् ।
कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय प्रबन्धक अभ्याश भुषण तिवारीले नयाँ आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिने उद्धेश्यले सोरुम उद्घाटन गरिएको बताउँदै यसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने बताए ।
नवलपुर जिल्लाको महत्वपूर्ण क्षेत्र गैंडाकोटमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्दछ ।
ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदैछ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यस शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।
यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ । स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।
Comments are closed.