रुपन्देही । रुपन्देहीको सैनामैनामा कजारियाको नयाँ शोरूम सञ्चालनमा आएको छ । धर्मा ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले शोरुम उद्घाटन गरेका हुन् । स्थानीय व्यापारिक अवसर बढाउनुका साथै आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायल आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउने उनले बताएका छन् । कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि बिमल ज्ञवालीले व्यवसाय सफलताको काम गरेका छन् ।
सैनामैनामा रहेको यो नयाँ शोरुमले प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्दछ । जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदैछ ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै तीन हजार बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र एक सय बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ । कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ।
प्रत्येक टायलले घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रीत रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।
Comments are closed.