ललितपुरको भैँसेपाटीमा कजारियाको नयाँ शोरुम उद्घाटन

भैँसेपाटी । कजारियाले ललितपुरको भैँसेपाटीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्दै भैंसेपाटीमा कजारियाको नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम रहेको बताए । यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउने उनले जनाए ।

कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीले प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । ललितपुरको महत्वपूर्ण क्षेत्र भैंसेपाटीमा रहेको यो नयाँ शोरुमले प्रिमियम टायलको विस्तृत संग्रह प्रदान गर्नुका साथै ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ ।

यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदैछ । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।

विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्सले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै ३ हजार बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ । नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।

कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ । प्रत्येक टायलले घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रीत रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

 

You might also like

Comments are closed.