कजारियाको नयाँ शोरूम वीरगञ्जमा

वीरगञ्ज । कजारियाले वीरगञ्जमा नयाँ शोरुम शुभारम्भ गरेको छ । जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

प्रमुख अतिथि खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्दै वीरगञ्जमा कजारिया जस्तो प्रतिष्ठित ब्राण्डको उपस्थितिले यो क्षेत्रको व्यवसायमा थप सघाउ पुग्ने बताए । कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले ग्राहकको आवश्यकता अनुसार विभिन्न शहरमा शोरुम स्थापना गर्दै गइरहेको बताए ।

वीरगञ्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित रहेको यस शोरुमले ग्राहकलाई सहज पहुँच बनाउनेछ । यसको विस्तारसँगै कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदैछ ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो । कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।

विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै ३ हजार बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ । नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।

कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सिरामिक वाल टाइल्स उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी भएकाले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ ।

गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

 

 

You might also like

Comments are closed.