काठमाडौं । कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट ‘आर्क एण्ड अरा’ सम्पन्न गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिले डिजाइन, नवीनता र नेटवर्किङ सम्बन्धमा छलफल भएको छ ।
कार्यक्रमको सुरुवात कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालले प्रभावकारी छलफलले कम्पनीको विश्वव्यापी उपलब्धि, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटी प्रतिको प्रतिबद्धताका सन्दर्भमा जानकारी दिएका छन् ।
सहभागीले कजारियाका प्रिमियम टाइल संग्रहहरू अन्वेषण गरी विभिन्न आकारमा प्रदर्शन गरिएको थियो । यसमा लार्ज–फम्र्याट ग्लेज्ड भिट्रीफाइड टाइलहरू (६०x१२० सेमी, ८०x१६० सेमी, १२०x१८० सेमी, र २०x२४० सेमी) लगायतका विभिन्न आकारहरू (६०x ६० सेमी, ४०x४० सेमी, ३०x६० सेमी, ३०x४५ सेमी, र १९.५x१२० सेमी) समावेश थिए । जुन आवासीय र व्यावसायिक आवश्यकताहरू पूरा गर्न उपयुक्त छन् ।
कजारिया रमेश टाइल्सका निर्देशक संजय अग्रवालले नेपालको आर्किटेक्चरल ल्यान्डस्केपलाई नवीन डिजाइन, स्थानीय निर्माण र सहकार्यमूलक साझेदारीले उच्चस्तरमा पुर्याउने कजारिया रमेश टाइल्सको मिशन रहेको बताए । कजारिया रमेश टाइल्सले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।
विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्सले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै ४ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ । नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ ।
कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x १२० सेमी, ६०x६० सेमी, १९.५x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ ।
गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।
Comments are closed.