कजरियाको ब्राण्ड एम्बेसडरमा अभिनेत्री दिव्या रायमाझी

काठमाडौं । कजरिया रमेश टाइल्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा अभिनेत्री दिव्या रायमाझीलाई नियुक्त गरिएको छ । कजरिया रमेश टाइल्सका निर्देशक सञ्जय अग्रवालले कम्पनीका अभिनेत्री रायमाझीलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरेका हुन् ।

अभिनेत्री रायमाझीले कजरिया रमेश टाइल्स लिमिटेडको आगामी अभियानमा ब्राण्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्ने अपेक्षा लिइएको छ । कार्यक्रममा कम्पनीका नयाँ टाइल संग्रहहरू, नवीन डिजाइनहरू प्रदर्शन गरिएको छ ।

आधुनिक उत्पादन प्रविधि र प्रिमियम सामग्रीमार्फत नेपालको टाइल उद्योगलाई अघि बढाउने प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । कजरिया रामेश टाइल्सले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ ।

विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्सले आधुनिक सजावटका बदलिँदो रुचिलाई ध्यानमा राख्दै ४ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

You might also like

Comments are closed.