काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश दिन निर्णय गरेको हो ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।हाल संस्थाको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको हाल रहेको चुक्ता पुँजीको १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार ३२८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारण्सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
Comments are closed.