कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

काठमाडौं । काठमाडौं कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । जारी पूँजी ८० करोड रुपैयाँ रहेको कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ ।

७० प्रतिशतले हुने रकम हाल धितोपब बोर्डको लगानी कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशन तथा निर्देशिकाको अधिनमा रही विभिन्न पर्यटन क्षेत्र अन्तर्गत विभिन्न केवलकार कम्पनीमा, विभिन्न उर्जा कम्पनीमा र कृषि उत्पादन क्षेत्रहरुमा लगानी गर्दै आइरहेको छ ।

सो सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.