कामना सेवा विकास बैंकको २६औं शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ०३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमा न.पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्सलाई शाखा रहित बैंकिङ सञ्चालनका लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका सञ्चालक भिमप्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्तरुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा वडा नं. ३ का अन्य जनप्रतिनिधिहरु, व्यवसायिक प्रतिनिधि, स्थानीयहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । शाखा रहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

You might also like

Comments are closed.