काठमाडौं । कामना सेवा विकास बैंक लि. ले ‘कामना सेवा तहल्का मुद्दती योजना ल्याएको छ ।
यो योजना अन्तर्गत १३ वर्ष ९ महिना २८ दिनमा ५ गुणा र १९ वर्ष १० महिना २० दिनमा १० गुणा प्रतिफल प्राप्त गर्न सकिनेछ । यो योजना सीमित अवधिसम्मका लागि मात्रै उपलब्ध हुने बैंकले जनाएको छ ।
न्यूनतम मौजदात १० हजार राखी कामना सेवा तहल्का मुद्दती योजनाको फाइदा लिन सकिने छ । यो योजनाअन्तर्गत परिपक्कवता पश्चात एकमुष्ट रकम भुक्तानी गर्न सकिने, निक्षेपको ९० प्रतिशतसम्म कर्जा पाउन सकिने, लकर सुविधामा ५० प्रतिशतसम्म छुट पाउन सकिनेछ भने केएस इमोबाइल सुविधामा ५० प्रतिशतसम्म छुट पाउन सकिनेछ ।
Comments are closed.