कामना सेवा फुट्सल कप सिजन ५ सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कामना सेवा फुट्सल कपको पाँचौं सिजन शनिवार सम्पन्न गरेको छ ।

पुरुषतर्फको खेलमा सिद्धार्थ बैंकले प्राइम कर्मसियल बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । त्यसैगरी महिलातर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई बैंकलाई १–० ले हराउदै यस सिजनको उपाधी जितेको छ ।

कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुट्सल कप आयोजना गदैं आएको छ । विजेता तथा उपविजेता टिमलाई बैंकको तर्फबाट ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।

बैंकको डि.सि.ई.ओ. विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ भएको छ । प्रतियोगिताको समापन कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका हुन् । खेलमा पुरुषतर्फको कुल १७ र महिलातर्फ कुल ९ टिमको सहभागिता रहेको थियो ।

बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको दिन २७ गते बिहिबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ । प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारी लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.