कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा टिकटक च्यालेन्ज’ आयोजना

काठमाडौं । कामना सेवा विकास बैंकले ‘कामना सेवा टिकटक च्यालेन्ज’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भाग लिन विभिन्न नियमहरुकाे पालना गर्नुपर्नेछ । यस प्रतियोगिमा भाग लिन सबै योग्य  हुनपर्नेछ, भिडियो तीज पर्वसँग सम्बन्धित हुनुपर्नेछ, भिडियो संवाद, नक्कल, नृत्य, संगीत र अन्य विषयहरूको बनाउन सकिनेछ । भिडियो बनाउन कुनै समय सीमा भने तोकिएको छैन् ।

सहभागीहरूले कुनै पनि आपत्तिजनक शब्दहरू वा कुनै वस्तुहरू प्रयोग  गर्न पाइने छैनन् । साथै विजेता छनोट गर्दा टिकटक भिडियोको लाइक्स र रचनात्मकताका आधारमा विजेताहरु छनोट गरिनेछ ।

प्रतियोगिता भदाै १३ गते समाप्त हुनेछ । विजेताहरुको घोषणा बैंकको अफिसियल फेसबुक र इन्स्टाग्राममा गरिनेछ ।  प्रतियोगितामा भाग लिन प्रतियोगिले आफ्नो व्यक्तिगत टिकटक अकाउन्टमा तीजको भिडियो बनाएर अपलोड गरी बैंकको अफिसियल टिकटक अकाउन्ट#KSTeejKoTiktok #kamanasewatiktokchallenge #KSBBL #Teej2079  प्रयोग गर्न पर्नेछ ।

You might also like

Comments are closed.