धेरैले तालिम लिन्छन्, तर केही उद्यमी मात्र सफल रहन्छन् किन ?

कञ्चन रावत, प्रवन्ध निर्देशक, कञ्चन हिलिङ प्रा.लि.

हामीले यति धेरै तालिम दियौं तर पनि कार्यक्रम सफल भएन, एउटा तालिम दियो ऊनीहरु त्यो अनुसार काम नै गर्दैनन्् । यस्तो यस्तो आरोप लाग्छ । सरकारले उद्यमी बनाउन धेरै तालिमको आयोजना गर्छ । १ सय जनामा केवल ५, ६ जनाले मात्र त्यो कार्य पुरा गर्छन् । बाँकीले तालिम लिए पनि त्यसैमा व्यवसाय बनाउन सक्दैनन् । एक जना बहिनीले कुरा गर्दै थिइन्, ‘हामीले करिब ५० जनालाई बाख्रा पालनको तालिम दियो । तर, केही सीमित व्यक्तिले मात्रै पाख्रापालन गरेर तालिमको उद्देश्य पुरा गर्न सफल रहे । अरु बाँकीले खासै बाख्राको उचित हेरचाह गरेनन् ।’

आखिर किन यस्तो हुन्छ त ?

तालिम लिए पनि धेरै व्यक्तिहरुले त्यो पुरा गर्न सक्दैनन् । धेरै कारणहरु मध्ये हो व्यक्तित्वको पहिचान सहि गर्न नसकेर । व्यक्तिको व्यक्तित्व, इच्छा र लगन पहिचान गरेर दिएको तालिम र कार्यसम्पादन सफल रहन्छ । धेरै व्यक्तिहरुलाई त, आफ्नो जीवनको उद्देश्य नै थाहा हुँदैन । जीवनमा जे–जे आइपर्यो त्यसरी नै कार्य गर्दै जान्छन्् । आजको विषय बस्तु यहि रहेको छ । कसरी आफ्नो सपना पत्ता लगाउँने र त्यसैमा कार्य गर्दै जाने जसले सफल उद्यमी बनाउनमा सहयोग गर्दछ ।

आफू अब्बल रहेको क्षेत्रको पहिचान गर्ने तरिकाहरु :

कतिपय व्यक्तिहरु आफ्नो क्षमता अर्थात प्यासन चिन्न सकिरहेका हुँदैनन् । यहि प्यासनलाई आफ्नो व्यापार बनाउने बारेमा सोच नै हुँदैन । पहिले त सपना के हो भन्ने नै थाहा हुँदैन । दोस्रो सपना थाहा पाए पनि विश्वास नै हुँदैन कि के मेरो सपना पुरा हुन्छ त भन्नेमा ।

केही व्यक्तिहरुले मात्र जीवनको प्रारम्भिक चरणमा नै जीवनको उद्देश्य, क्षमता थाहा पाउन सफल हुन्छन् । त्यही अनुसार सीप र तालिम प्राप्त गरि आफ्नो क्षेत्रमा अगाडि बढ्न सक्षम रहन्छन् ।

अधिकांश व्यक्तिले यो सुविधाको सदुपयोग गरेका हँदैनन् । यसकारण जीवन भर धेरै थोक कार्य गरिरहेका हुन्छन् । अथवा त्यो कार्य गर्दछन् जुन कार्य गर्न उसलाई पटक्कै मन पर्दैैन । यही कारण व्यापार गरेपछि खासै राम्रो अघि बढेको हुँदैन । किनकी अधिकांशंंले अरुको नक्कल गरेर खोलेका हुन्छन् या त शुरुवातमा रहरले त गर्छन् र समाल्न नसकेर त्यो बन्द नै गर्नुपर्ने अवस्था आउँछ ।

कुनैपनि कार्यको थालनी गर्नुभन्दा पहिले सर्बप्रथम थाहा पाउन जरुरी छ कि मेरो सपना के हो । यो सपनालाई कसरी मैले उद्देश्य बनाउने । सपना थाहा पाउने सजिलो तरिका छ । के कार्य फुर्सदको बेलामा गरिरहन मन लाग्छ । जस्तै कसैलाई फुर्सदको बेलामा गाउन मन लाग्छ, कसैलाई खाना पकाउन, कसैलाई खेतमा काम गर्न, कसैलाई अरुको सेवा गर्न, कसैलाई कविता लेख्न, कसैलाई घुम्न जान । फुर्सदको बेलामा गरिने कार्य नै हाम्रो भित्री उद्देश्य हो । सपना हो । चाहना हो ।

अब यहि चाहनालाई आफ्नो जीवनको उद्देश्य बनाउनुपर्छ । जस्तै, यदि कसैलाई खाना पकाउन मनपर्छ भने यो व्यक्तिको आन्तरिक इच्छा हो । खाना बनाउने कलामा थप केही सिप र ज्ञान जोडेर, राम्रो कुक बन्न सकिन्छ । धेरै कुकहरु छन् तर केही मात्र सफल छन्, खाना पकाएर आफ्नो क्षेत्रमा अब्बल बनेका । किनकि उनीहरुको यो प्यासन थियो ।

तर, हाम्रो आफ्नो स्वभाव र प्रकृति अनुसार काम नगरेर अन्य कार्य गरेको हुनाले आफूलाई कमजोर, केही गर्न नसकेको र सक्दैन कि भन्ने बिचार आउन थाल्दछ । अझै उद्यमीहरुलाई यो आउनु स्वभाविकै हो । यसकारण हरेक नयाँ उद्यमीले केही काम गर्नु अगाडि आफ्नो स्वभाव थाहा पाउन जरुरी छ ।

वास्तवमा हेरक मानिसहरु केही न केही क्षमता लिएर जन्मेका नै हुन्छन् । तर, बिडम्बना आफ्नो क्षमाताको अज्ञानताका कारण हामी आफ्नो कमजोरीमा नै ध्यान केन्द्रित गर्न पुग्छौं । फलस्वरुप आफ्नो क्षमताको निखार र मनामा आन्नद हुने कार्यबाट बञ्चित हुन पुग्दछौं । सबै व्यक्तिसँग सिप हुन्छ तथा पनि कुनै कुनै अवस्थामा सबैभन्दा राम्रो सीप के हो भनेर हामीलाई थाहा नभएको मात्र हो । यहि कारण जो कार्य गरेपनि सफल हुँदैन । जुन व्यापार गरेपनि सफल हुँदैन । यहि कारण जे सुकै किन नहोस्, व्यक्तिले तनावपूर्ण महसुस गर्न थाल्दछ । आफूले चाँहेको जस्तो भइरहेको हुँदैन । केवल असफलता नै हात लागिरहेको हुन्छ । चाहेको जस्तो उपलब्धि हासिल नै भइरहेको हुँदैन । यसकारण आफ्नो क्षमता र सबल पक्षहरु जान्न जरुरी रहेको हुन्छ ।

भनिन्छ, स्पष्ठता नै शक्ति हो । जति आफ्नो उद्देश्य बारेमा स्पष्ट भयो त्यो नै ऊर्जा हो । यहि स्पष्टताले अघि बढ्न शक्ति प्रदान गर्दछ ।

तल दिइएका टिप्सहरुले आफ्नो सबल पक्ष पहिचान गर्न मद्दत गर्न सक्छन् । प्रयास गर्नुहोस् ।

१, व्यक्तित्व परीक्षण पूरा गर्नुहोस्

व्यक्तित्व परीक्षणले पाँच मुख्य व्यक्तित्व गुणहरु पत्ता लगाउन मद्दत गर्नेछ । साथै हामीसँग हुन सक्ने अन्य सीपहरु पनि छन्, किनकि तपाईंलाई ती गुणहरुबारे पहिल्यै थाह छैन । तपाईं केमा अब्बल हुनुहुन्छ भन्ने केही हदसम्म मार्गनिर्देशन गर्दछ । यो परीक्षणले समस्याको समाधान नभएता पनि यसले तपाईंलाई आफ्नो व्यक्तित्वका विभिन्न पक्षहरुसँग नजिक हुन मद्दत गर्नेछ । तपाईंको व्यक्तित्व कस्तो छ भन्ने कुरा थाह पाउनु तपाईंलाई आफ्नो व्यक्तित्वका विभिन्न पक्षहरुसँग नजिक हुन मद्दत गर्नेछ । तपाईंको व्यक्तित्व कस्तो छ भन्ने कुरा थाहा पाउनु तपाईंले लिन चाहनुहुने उपयुक्त पेशा, सहि व्यक्तित्वहरुसित समय बिताउँदा र तपाईंले पछ्याउनुपर्ने सही उद्देश्यहरु पत्ता लगाउन अत्यावश्क छ ।

‘कहिलेकाँही आफ्नो सबैभन्दा ठूलो कमजोरीको सामना नगर्दासम्म आफ्नो बल आफै थाहा हुँदैन ।’ सुजन गेल

२, aptitude test (एप्टिट्युट टेष्ट) लिनुहोस्

कुनै खास सीप वा ज्ञानको क्षेत्रमा व्यक्तिको क्षमता निर्धारण गर्न अनिवार्य रुपमा एप्टिट्युट परीक्षण गरिन्छ । यसले तपाईंलाईं एकपछि अर्को प्रश्न सोधेर अनि तपाईंले दिने जवाफको आधारमा कुन–कुन सीपहरु अझ राम्ररी बुझन सक्नुहुन्छ । त्यो बुभ्mन मदत गर्नेछ । तपाईंको लागि कुन पेशा उपयुक्त छ, त्यो निर्णय गर्न सकारात्मक मद्दत गर्न सक्ने भएकाले परीक्षामा उचित तरिकाले जान्न जरुरी छ ।

३. पृष्ठपोषण लिनुहोस् ।

बिगतमा तपाईंले प्रदर्शन गर्नुभएका विभिन्न सिप, कला, क्षमताहरु हुन सक्छन् । याद गर्नुहोस् कुन कार्य गर्दा आनन्द आउथ्यो, तपाईंको साथी, परिवार र सहकर्मीहरुले कसरी तपाईंको बारेमा प्रशंसा गरेका छन् । यसले तपाईंको भित्री कला, क्षमता दर्शाउँछ । आफ्नो साथीहरुसँग आफ्नो बारेमा पाँच वटा असल पक्ष बताउन साथीलाई आग्रह गर्नुहोस् ।

यसरी सबै पक्षबाट आएको सुझाव लिनुहोस् र बजारमा के आवश्यक्ता छ । कसरी बजारको आवश्यकतालाई तपाईंको जोस, सपना र उद्देश्यले पुरा गर्न सक्छ । त्यसमा कार्य गर्न थाल्नुहोस् ।

यो कार्य गर्नको लागि के सीप, ज्ञान चाहिन्छ त्यो पनि लिदै जानुहोस् । यदि आफूले त्यो कार्य गर्न सक्नुहुँदैन भने अरु कोही व्यक्ति वा संस्था त्यो क्षेत्रमा सक्षम रहेको छ । उनीहरुसँग सहयोग लिनुहोस् ।

आफूले आफैलाई प्रश्न गर्नुहोस् ।

– मलाई के मन पर्छ ।

– म के कार्यमा राम्ररी गर्न सक्छु ।

– समाजको के आवश्यकता रहेको छ ।

– मलाई के कार्य गर्दा राम्ररी कमाउँन सक्छु ।

तथापि, हाम्रो राम्रो पक्ष र सीप बढाउने नयाँ तरिकाहरु पत्ता लगाउन कहिलेकाहीँ गाह्रो लाग्न सक्छ । तथापि, विभिन्न दृष्टिकोणबाट यो कुरा थाह पाउँदा हाम्रो व्यक्तिगत तथा पेसा दुवैको विकासमा ठूलो लाभ पुग्न सक्छ । कुनैपनि तरिकाले आफूलाई सुधार्ने कुरामा ध्यान दिनुहोस् । महत्पूर्ण कुरा के हो भनें तपाईंले आफ्नो लागि सबैभन्दा राम्रो काम निरन्तर प्रयोग गर्नुहुन्छ र चाडैं आफ्नो प्रयासको नतिजा आफैले देख्नुहुनेछ । समय बित्दै जाँदा मात्र र गुणस्तर दुवैमा आत्मबल निकै बढेको छ भन्ने तपाईंले जान्नुहुनेछ ।

र यो पनि

भावनात्मक शक्ति महिला उद्यमीको बलियो हतियारः यसरी बनाउन सकिन्छ दीगो ग्राहक

You might also like

Comments are closed.