काञ्जिरोवामा विद्यार्थीलाई विभिन्न विधामा छात्रवृत्ति

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको काञ्जिरोवा नेशनल सेकेन्डरी स्कुलले  विज्ञान र व्यवस्थापन संकायका २५/२५ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिसहित विभिन्न विधामा थप १ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

स्कुलले शुक्रबार २५ औं वार्षिकोत्सव मनाएको छ । २५ वर्ष अगाडी ‘काठमाडौं डन बस्को उच्च मा.बि.’ को नामबाट स्कुल स्थापना भएको थियो भने अहिले स्कुलको नाम काञ्जिरोवा नेशनल सेकेन्डरी स्कुल रहेको छ । स्कुलमा १ देखि १२ सम्मका कक्षा संचालन हुँदै आइरहेका छन् ।

एसइइ दिएर बसेका विद्यार्थीलाई कलेजका वारेमा जानकारी लिन र बिशेष छात्रवृत्तिको अवसर नगुमाउन कलेजले आग्रह गरेको छ । कलेजमा विद्यार्थीले विज्ञान र व्यवस्थापन संकायका विभिन्न विषय अध्ययन गर्न सक्नेछन् ।

स्कुलले रजत जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा बिशेष कार्यक्रम आयोजना गरेको थियो ।

You might also like

Comments are closed.