राष्ट्रिय कराते प्रतियोगिता भदौमा हुने

काठमाडौैं । बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते संघले आगामी भदौ ४ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

उदयमान कराते खेलाडी उत्पादन तथा वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । प्रतियोगितामा पुरुषतर्फ ३५, ४५, ५५ केजीमुनि र खुला तौल समूह तथा महिलातर्फ ३५, ५० केजीमुनि र खुला तौल समूह गरी जम्मा सात बजन समूहमा प्रतिस्पर्धा हुने संघका महासचिव राजन खत्रीले जानकारी दिए ।

प्रतियोगितामा विभागीय टिम, विभिन्न कराते संघ, डोजोलगायतका निकायबाट करिब २५० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीय हुने दुई खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

jutta mela

यस्तै महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न पाँच समिति गठन भएका छन् । नेपाल फुल कन्ट्याक्ट कराते महासंघबाट प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि रु १४ लाख ६५ हजार खर्चिने जनाइएको छ ।

You might also like

Comments are closed.