एमाले सांसदले ‘फ्लोर क्रस’ गरेपछि कर्णाली सरकार जोगियो

 

काठमाडौं । नेकपा एमालेका ४ जना सांसद फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि कर्णाली प्रदेशको सरकार जोगिएको छ । कर्णालीका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिएका हुन् ।

jutta mela

३९ जना सांसद रहेको कर्णाली प्रदेशमा शाहीको पक्षमा २२ मत प्राप्त भएको छ । माओवादी केन्द्रको १२, काँग्रेसको ६ र एमाले सांसदको ४ मत उनले प्राप्त गरे । विपक्षमा १५ मत मात्रै परेको छ ।

‘फ्लोर क्रस’ गर्ने एमाले सांसदहरुमा माधवकुमार नेपाल पक्षका सांसदहरुमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढा रहेका छन् ।

You might also like

Comments are closed.