काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
विश्वका जुनसुकै देशमा रहेका आफन्तले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंकका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ ।
दूर दराजमा रहेका ग्राहकले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन् । साथै सो रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ । सम्झौतामा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल, निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका छन् ।
हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्युआर कोड सेवा, पिओएस, क्रेडिट कार्ड, डेबिट कार्ड जस्ता सेवा यस बैंकबाट प्रवाह भइरहेको छ ।
साथै कनेक्ट आईपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।







Comments are closed.