करुवा ब्राण्डको मदिरा नयाँ प्याकेजिङमा

काठमाडौं । स्याउको स्वादमा बजारमा उपलब्ध करुवा ब्राण्डको मदिरा नयाँ प्याकेजिङमा बजारमा उपलब्ध भएको छ ।

तनहुँको आँबुखैरनीमा रहेको सूर्य ब्लेण्डर्स प्रालिले ७० युपिमा उपलब्ध यो मदिरालाई नयाँ प्याकेजिङमा बजारमा ल्याएको हो । कम्पनीले बिगत १० वर्षदेखि मदिरा उत्पादन गर्दै आइरहेको छ ।

७० युपिमा बजारमा उपलब्ध मदिरा मध्ये करुवा ब्राण्ड सबैभन्दा लोकप्रिय रहेको कम्पनीका सञ्चालक पुजन श्रेष्ठले जानकारी दिए ।

jutta mela

यो मदिरा देशभरका क्षेत्रमा उपलब्ध रहेको र वाग्मती क्षेत्र र गण्डकी क्षेत्रमा निकै रुचाइएको उनले बताए । कम्पनीले ७० युपिमा करुवासँगै यरो, फटाफट र पानस तथा ५० युपिमा इमेज, २०-२०, सुनामीलगायतका ब्राण्ड बजारमा ल्याइरहेकोे छ ।

You might also like

Comments are closed.