‘पुराना दलहरुबाट जनतामा निराशा बढाउने काम मात्रै भयो’

पोखरा । कास्की क्षेत्र नं. २ का सर्वसाधरणले पुराना दलहरुबाट जनतामा निराशा बढाउने काम मात्रै भएको बताएका छन् ।

पोखराको वडा नं. ३३, १७ र ११ मा आइतबार आयोजित फरक फरक कार्यक्रमका बोल्दै स्थानीयबासीहरुले अबको आसन्न निर्वाचनमा पुराना दलका उम्मेदवारलाई पराजीत गराउनुपर्ने धारणा राखे ।

jutta mela

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलसँग अन्तरक्रिया गर्दै स्थानीयले अब नयाँ पार्टीलाई मतदान गर्ने बताएका हुन् । सो अवसरमा कँडेलले जनताको गुनासाहरु सुनेका थिए ।

पुराना पार्टीबाट धेरै आशा गरेपनि त्यो आशा निराशामा परिणत भएको गुनासाहरु जनताबाट आफूले पाएको कँडेलले जानकारी दिए । उक्त अवसरमा बोल्दै कँडेलले विवेक प्रयोग गरी मतदान गर्न आग्रह गरे ।

You might also like

Comments are closed.